हेडलाईनसमाचारबागमती

काठमाडौंको नागार्जुनका नगर प्रमुख बस्नेत स्वत निलम्बन, उप प्रमुख अधिकारी कार्यबाहक

• विजय अधिकारी (संवाददाता ) । प्रहार समाचार । काठमाडौं,२५ पुस २०८१ सोमवार । काठमाडौको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेत स्वतः निलम्बनमा परेका छन् ।


अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले हिजो आइतबार बस्नेत विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टा छुट्टै मुद्दा दायर गरेको थियो।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार बस्नेतसँगै उनकी श्रीमती उर्मिला र राजुप्रसाद कँडेल विरूद्धपनि मुद्दा दायर भएको थियो ।

नगर प्रमुख बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । मुद्दा दर्ता गरे पछि नगर प्रमुख पद बाट स्वतः निलम्बनमा परेका हुन् ।


 नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका नेता बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी पंक्तिमा तरङ्ग उत्पन्न भएको छ । नगर प्रमुख बस्नेत निलम्बनमा परे सँगै नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ ।


नागर्जुनको उपप्रमुखमा नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी छिन् ।नगरप्रमुख निलम्बनमा परेसँगै उपप्रमुख अधिकारी स्वतः कार्यवाहक बनेको नगरपालिका प्रवक्ता महेश रिमालले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button