हेडलाईनसमाचारगण्डकी

लमजुङको सम्झना मा.वि.को ७१ औं  बार्षिकोत्सव सम्पन्न

विजय अधिकारी (संवाददाता ) लमजुङ, १५ पुस २०८१ सोमवार । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर-५, समिभञ्ज्याङ्मामा रहेको सम्झना मा.वि. को ७१औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

बार्षिक उत्सबको मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेशकुमार पाण्डेले  उदघाट्नगर्दै  शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकास क्रम नै बिग्रने बताउँदै  गुणस्तरीय शिक्षाका लागि क्षमतावान शिक्षक राखिनुपर्ने र शिक्षकलाई मर्यादा, प्रतिष्ठाका साथै थप सुविधा दिनु पर्नेमा जोड दिए ।

कार्यक्रमका नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव शिवराज अधिकारी, मध्यनेपाल नगरपालिका वडा नम्बर -३,का वडा अध्यक्ष केशव न्यौपाने,वडा नम्बर-५,का वडा अध्यक्ष ओमवीर गुरुङ,नेपाल ट्रेड युनियन काङ्ग्रेस लमजुङका अध्यक्ष तीर्थराज तिवारी,नगरपालिका भित्रका प्र.अ.हरुका तर्फ बाट ईशानेश्वर मा.वि.का प्र.अ.रामकृष्ण घिमिरे,वि.व्य.स.का तर्फ बाट संझना मा.वि.का सुनिता न्यौपाने,विद्यालयका पुर्व प्र.अ. मेमबहादुर  गुरुङ लगायतले शुभकामना मन्तव्य राख्दै शिक्षा क्षेत्र समय सापेक्ष,सिपयुक्त जनशक्ति उत्पादन गर्ने कारखाना बनाउने तर्फ लाग्नु पर्नेमा सबैले जोड दिएका थिए ।    

विद्यालयका प्रधानाध्यापक सन्तोष तिवारीले प्रगती प्रतिवेदनका साथै विद्यालयको भावी योजनाका बारेमा जानकारी दिदै ८५ लाख,५४ हजार,९४ रुपैयाँ,७६ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज न्यौपानेको अध्यक्षतामा भएको थियो ।
   विद्यालयका शिक्षक काशीनाथ साखिले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक एच के अकेलाले गरेका थिए । 


कार्यक्रममा नगरपालिका भित्रका १२ वटा विद्यालय विच नृत्य प्रतियोगिता भएको थियो । जसमा भैरवकाली मा.वि.प्रथम, कुसुमाकर मा.वि. द्धितीय, ईसानेश्वर मा.वि.तृतीय र रिस्ती विकास बोडिङ स्कुल सान्त्वना भएका थिए ।   प्रथम,द्दित्तिय,तृतीय र सान्त्वना हुने विद्यालयलाई पुरस्कार स्वरूप  स्टेसनरी सामाम्रीह र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्र.अ.सन्तोष तिवारीले प्रहार समाचारलाई जानकारी दिए।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने साझ विद्यालयमा दिपावली गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button