हेडलाईनसमाचारबागमती

राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं तीन लाख घुस सहित रङ्गेहात  पक्राउ

• विजय अधिकारी (संवाददाता ) काठमाडौ, १४ पुस २०८१ आइतवार । राष्ट्रिय किताब खाना (शिक्षक) छाउनी मार्ग ताहचलमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं घुस सहित रङ्गेहात  पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले उनलाई आज  तीन लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 
अख्तियार स्रोतका अनुसार एक पूर्व शिक्षकको पेन्सन पट्टा बनाउने प्रक्रियामा समस्या भए पछि उनले तीन लाख दिए काम गरिदिने भन्दै घुस मागेका थिए। घुस मागेको भन्ने सूचना पाए पछि अख्तियारको टोली खटिएको थियो ।


 उक्त टोलीले प्रसाईंलाई घुस लिइसकेको अवस्थामा आइतबार उनकै कार्य कक्ष बाट पक्राउ गरेको हो ।अख्तियारले उनी माथि थप अनुसन्धान अघि बढाएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर – ७,स्थायी घर भई भक्तपुरको मध्यपुर ठिमी २, दिव्यश्वरी टाउन प्लानिङमा बस्दै आएका ४५ वर्षीय प्रसाईं विरुद्ध अख्तियारमा पहिले देखि नै उजुरी पर्दै आएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button