हेडलाईनसमाचारप्रदेश

आजको मौसम : तराईं र पहाडका थोरै स्थानमा हुस्सु र कुहिरो

प्रहार समाचार । काठमाडौ, १५ पुस २०८१ सोमवार । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले बिहानै देखि हाल तराईं र पहाडी भेगका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।

त्यसैगरी देशका उपत्यका क्षेत्रका केही स्थानमा पनि हाल हुस्सु लागेको मौसम विज्ञान विभागले जनाएको छ । हिंजोको  तुलनामा काठमाडौंको आकाश खुला भएको र मौसम सफा भएकाले न्यूनतम तापक्रम केही घटेको मौसमविद गोविन्द झाले जानकारी दिए ।
देशका अन्य भूभागहरुमा पनि न्यूनतम तापक्रम केही घटबढ भएको उनले बताए।

शनिबारसम्म सक्रिय रहेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादली हुँदा न्यूनतम तापक्रम केही बढेको भएपनि अहिले त्यसको प्रभाव नहुँदा केही घट्न सक्ने उनले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button