हेडलाईनसमाचारगण्डकीखेलकुद

लमजुङको भक्ति नमुना मा.वि.को पोल्टामा छैटौं राष्ट्रपति रनिङशिल्डको उपाधि

• विजय अधिकारी (संवाददाता ) । लमजुङ, १४ पुस २०८१ । लमजुङको सुन्दरबजार नगरपालिका स्तरिय छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लगातार पाँचौं पटकपनि भक्ति नमुना मा.वि.को पोल्टामा पारेको छ ।

सुन्दरबजार नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजना तथा विद्याज्योति मा.वि.को संयोजनमा खहरेमा  छैटौं सुन्दरबजार नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा कुल १९ स्वर्ण,२ रजत र ६ कास्य पदक जित्दै सुन्दरबजार नगरपालिका वडा नम्बर-९, भोटेओडार स्थित भक्ति नमुना मा.वि.ले छैटौं सुन्दरबजार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि आफ्नो पोल्टामा पारेको हो ।

प्रतियोगितामा कुल ७ स्वर्ण, ७ रजत पदक र ४ कास्य पदक जित्दै आदर्श बाल मा.वि.सुन्दर बजार द्धितिय,त्यस्तै कुल ३ स्वर्ण,४ रजत र ५ कास्य पदक सहित शान्ति मा.वि.कुन्छाले तृतीय स्थान हासिल गरेका हुन् ।

उपाधी विजेता भक्ति नमुना मा.वि.ले रनिङ शिल्डका साथ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्दितिय र तृतीय  स्थान हासिल गर्ने विद्यालयलाई समेत मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।    प्रत्येक विधाका खेलमा स्वर्ण,रजत र कास्य पदक जित्ने विद्यार्थीलाई क्रमशः १ हजार ५ सय रुपैया नगद सहित पदक र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै पदक तालिकामा कुल ३ स्वर्ण,२ रजत र ३ कास्य पदक जित्दै सौभाग्य सदन मा.वि.चौथो,२ स्वर्ण,३ रजत र ३ कास्य पदक जित्दै संस्कृति सदन मा.वि.पाँचौं, १ स्वर्ण ५ रजत र ४ कास्य पदक जित्दै सर्वोदय मा.वि.छैटौं स्थानमा  परेका छन् ।


त्यसैगरी २ स्वर्ण २ रजत र ३ कास्य पदक जित्दै ग्लोबल भिजन बोर्डिङ स्कुल सातौं,१ स्वर्ण २ रजत ३ कास्य पदक जित्दै महेन्द्र मन्दिर मा. वि.आठौं,१ स्वर्ण १ रजत १ कास्य पदक जित्दै फ्युचर स्टार आवासिय मा.वि.नवौं,१ स्वर्ण पदक हात पार्दै भविष्य निर्माण मा.वि.दशौं स्थानमा रहेका खेलकुदका निर्णायक सुरेश परियारले प्रहार समाचारलाई जानकारी दिए ।

परियारका अनुसार ७ रजत,५ कास्य पदक जित्दै बिध्याज्योती मा.वि.पदक तालिकामा एघारौं स्थानमा,कान्ति मन्दिर मा.वि.२ कास्य पदक सहित बाह्रौं स्थानमा रहेका छन् ।


यस बाहेकका सहभागी विद्यायालयहरुले भने कुनै पनि पदक हात पार्न सकेनन् । प्रतियोगिताका विजयी विद्यालय तथा विद्यार्थीहरुलाई सुन्दर बजार नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद कोईराला र कार्यक्रमका अध्यक्ष शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ठकुरजी तिवारीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।  कार्यक्रममा नगरपालिकाका वडा नं. ५ का अध्यक्ष श्रीकाजी गुरुङ, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक, विद्यार्थी लगायत खेलप्रेमी व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।


विभिन्न विधामा भएको खेलकुद प्रतियोगितामा भलिबल, हाइजम्प, लम्जम्प, त्रिपलजम्प, कराँते, सटफुट, ज्याभलिङ थ्रो, एथलेटिक्स अन्तर्गत  लामो तथा छोटो दुरीका दौड लगायतका छात्र-छात्रा दुवैलाई खेलाइको थियो । नगरस्तरीय प्रतियोगिता अन्तर्गत प्रत्येक खेल विधामा उत्कृष्ट विद्यार्थीलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागि गराईने सुन्दरबजार शिक्षा शाखा प्रमुख तिवारीले  बताए ।
प्रतियोगितामा नगरपालिका भित्रका १७ विद्यालयको सहभागिता रहेको थियो  ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button