हेडलाईनव्याससमाचारगण्डकी

‘कर्मचारीहरुले नागरिकहरुको सर्बोत्तम हितमा काम गर्नु पर्छ ।’ – मन्त्री थापा

प्रहार समाचार । तनहुँ, १४ पुस २०८१ आइतवार । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुँद मन्त्री विन्दु कुमार थापाले कर्मचारीहरुले नागरिकहरुको सर्बोत्तम हितमा काम गर्नु पर्ने बताएका छन्।  तनहुँको दमौलीमा आज सामाजिक विकास कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री थापा उक्त कुरा बताएका हुन् ।

मन्त्री थापाले प्रविधिको सर्बोत्तम प्रयोग गरेर  सामाजिक विकास कार्यालयले जनताको सर्बोत्तम हितमा काम गर्नु पर्नेमा जोड दिए । उनले भने ‘ कार्यालयले  महिला, बालबालिका , अपाङ्ग लगायतका क्षेत्रमा देखिने गरि काम गर्नु पर्दछ ।’ उनले गण्डकी  प्रदेश सरकारले  पालिकाहरुसंङ्ग सहकार्य गर्दै विद्यालयमा  सिपमूलक , रोजगार मुखी , व्यवहारिक शिक्षामा काम गरेको बताए ।

गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री एवं नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले समाज परिवर्तनको बाटो तर्फ गएकाले कार्यालयलले पनि स्तरिय सेवा प्रदान गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रमा गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठले भवन निर्माणपछि जिल्लाका आम नागरिकले भरपर्दो, विश्वसनिय सेवा पाउनेमा आफू ढुक्क रहेको बताए ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले मानविय विकास र सामाजिक विकास अहिलेको अपरिहार्य आवश्यकता रहेको बताउँदै  व्यक्ति  र समाजको विकास अहिलेको आवश्यकत रहेको बताए ।

व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले सामाजिक विकास कार्यालयले सामाजिक क्षेत्रका समस्या समाधान गर्दै समय संङ्गै कार्यालयले स्तरीय प्रविधि मैत्री सेवा प्रवाह गर्नुमा जोड दिए ।


कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा ,सामाजिक विकास कार्यालयका प्रमुख बिदुरहरि आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यालय १ करोड १५ लाखको लागतमा गितमना जेभीले निर्माण भएको कार्यालयले जनाएको छ।

सामाजिक विकास युवा तथा खेलकुँद मन्त्राल पोखराका सचिव राजेन्द्र देव पाण्डेको सभापतित्वमा समन्न भएको कार्यक्रमको सहजिकरण कार्यालयका लेख अधिकृत कृष्ण प्रसाद न्यौपानेले गरेका थिए । शिक्षा विकास ईकाइको कार्यालयबाट सेवा प्रवाह गर्दै आएको कार्यालयले  अब निर्वाचन कार्यालय सङ्गै निर्माण भएको  आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button