हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

दुःखद् खबर : कोरियामा विमान  दुर्घटना , ४७ जनाको मृत्यु

प्रहार समाचार । दक्षिण कोरिया , ऐजेन्सी, १४ पुस २०८१ आइतवार ।  दक्षिण कोरियाको मुआन सहरको विमानस्थलमा यात्रुवाहक विमान दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा ४७ जनाको मृत्यु भएको छ।

विमान धावनमार्गबाट ​​चिप्लिएर दुर्घटना हुन पुगेको थियो । आज बिहान थाइल्याण्डको राजधानी बैंककबाट १७५ यात्रु र ६ जना चालक दलका सदस्य लिएर जेजु एयरको उडान ७सी२२१६ कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले जनाएको छ । 


अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले उक्त दुर्घटनामा ४७ जनाको मृत्यु भएको बताएको छ । समाचार एजेन्सीले दुई जना जीवितै भेटिएको पनि जनाएको छ। एयरपोर्टमा ठूलो उद्धार कार्य भइरहको छ। यो विमान बैंककबाट राति फर्कने उडान थियो। त्यहाँ ल्यान्डिङ गियरको साथ केहि प्रकारको खराबी भएको भनिएको छ। 


यसैबीच, दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ९मोकले मुआन विमानस्थलमा उद्धार कार्यका लागि सबै प्रयासहरू गर्न आदेश दिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button