प्रहार समाचार । भारत, १३ पुस २०८१ । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको नयाँ दिल्लीको निगमघाटमा अन्तिम संस्कार गरिएको हो ।

सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमिल शाह, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, नेता राहुल गान्धीलगायत पुगेका थिए । त्यसअघि सिंहको पार्थिव शरीरलाई उनको निवासबाट बिहान कांग्रेस मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
उनको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको थियो । पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ भने कांग्रेसले सातै दिन आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ ।
























