हेडलाईनसमाचारगण्डकीऋषिङखेलकुद

चौथो ऋषिङ्ग अल्ट्रा म्यारथन तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

प्रहार समाचार । तनहुँ, १३ पुस २०८१ शनिवार । तनहुँको ऋषिङ्ग गाउँपालीकाले चौथो ऋषिङ्ग अल्ट्रा म्यारथन २०८१ तथा ऋषिङ गाउँपालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

प्रतियोगिताको बारेमा जानकारी दिने उद्देश्यले आज ऋषिङ्ग -१ शुक्ला माविको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पालिकाको  विकास संङ्गै  खेलकुँदको माध्यमबाट पालिकालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पनि प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए ।

अध्यक्ष श्रेष्ठले भने-‘ यस्ता प्रतियोगिताले पालिका भित्रका खेलाडीहरुको पहिचान तथा खेलको विकासमा टेवा पुग्छ ।’

कार्यक्रममा बोल्दै पालिकाका उपाध्यक्ष गिनुमायाँ थापाले पालिकाले राष्ट्रिय स्तरका यस्ता प्रतियोगिता गर्नाले पालिकाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलिने बताईन्।

यहि पुस १९ गते बाट २१ गतेसम्म राष्ट्रपति रनिङ्गा शिल्ड प्रतियोगिता हुने छ । प्रतियोगितामा विभिन्न खेलहरु संञ्चालन हुने पालिकाका खेलकुँद समितिका अध्यक्ष संयोजक दलवहादुर थापाले बताए । थापाका अनुसार उक्त प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री एवं नेपाली कांग्रेस तनहुँका सभापति जित प्रकाश आलेले उद्घाटन गर्ने छन्।

उता पालिकाकै प्रतिष्ठित चौथो ऋषिङ्ग अल्ट्रा म्यारथन प्रतियोगिता पुस २७ गतेका दिन हुने भएको छ। ४२.२ किलो मिटर दुरी रहने अल्ट्रा म्यारथन प्रतियोगिता ऋषिङ गाउँपालिकाको प्रवेश द्वार वडा नं  ८ को  धारुङ देखि  सुरु भई वडा नं   ३ को दुबुङ भ्युटावर टावरमा पुगेर विशेष समारोहका बिच कार्यक्रम सम्पन्न गरिने छ। प्रतियोगितामा प्रथम लाई नगद ६५ हजार, द्धितीय हुनेलाई नगद  ४० हजार, तृतीय हुनेलाई नगद २५ हजार र सान्त्वना हुने लाई नगद १० हजार प्रदान गरिने छ। यसै बिच स्थानिय धावकहरु प्रोत्साहन गर्न  म्यूटावरमा नै पुगी म्याराथन सम्पन्न गरेमा प्रथम हुनेलाई  ५, दोस्रो हुनेलाई  ४, र तेस्रो हुनेलाई ३ हजार नगद  प्रदान गरिने आयोजकले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले  यहि पुस २६ गते दिउँसो १ : ०० बजे सम्म पालिकामा पुगेर या फोन मार्फत नाम दर्ता गराउन पाइने र   दिनको ४ : ०० बजे गाउँपालिका प्राङ्गणमा अभिमुखीकरण कार्यक्रम हुने बताइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button