हेडलाईनभानुसमाचारगण्डकीखेलकुद

२२ औं सचिन स्मृति खुल्ला दौड प्रतियोगिता सम्पन्न :  बोगटी बने प्रथम

प्रहार समाचार । तनहुँ, १३ पुस २०८१ शनिवार । तनहुँको दमौलीमा रहेको रोटर्‍याक्ट क्लव अफ दमौलीद्वारा आयोजित २२ औं सचिन स्मृति खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १ सय १० जना धावकहरु लाई पछाडी पार्दै गोरखाको सिरानचोक गाउँपालिका वडा नं -३ निवासी धावक  दिनेश सिंह बोगटीले प्रथम हुन सफल भएका छन्।

तनहुँको सदरमुकाम दमौली स्थित अनसनचोकदेखि छाब्दी बाराही मन्दिरसम्मको ९ किमि दूरी बोगटीले २९ मिनेट १६ सेकेण्डमा पार गरेका थिए । प्रतियोगितामा नुवाकोटका संजय तामाङले २९ मिनेट २१ सेकेण्डमा उक्त दुरी पुरा गरी दोस्रो र तनहुँको ऋषिङ गाउँपालिका वडा नं. – ४ भिरकोटका अमृत विश्वकर्माले ३० मिनेटमा सो दूरी पुरा तेस्रो भएका थिए ।

त्यस्तै महिलातर्फ ५५ मिनेटमा उक्त दूरी पार गर्दै दमौलीकी चेतना कटुवाल प्रथम र ४५ मिनेटमा उक्त दूरी पार गर्दै दमौलीका १० वर्षीय संगम रानाभाट बाल धावक तर्फ प्रथम भएको क्लबका अध्यक्ष रवि अधिकारीले जानकारी दिए । 

प्रतियोगितामा प्रथमलाई नगद  १५ हजार ५ सय, द्वितीय हुनेलाई नगद  १२ हजार ५ सय र तृतीय हुनेलाई नगद  ८ हजार ५ सय, मेडल  सहित प्रमाणपत्र प्रदान  गरिएको थियो ।  महिला तर्फ प्रथम र बाल धावकलाई जनही १ हजार ५ सयसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक किरण श्रेष्ठले जानकारी दिए ।

दमौलीको अनसन चौतारीबाट शुरु भएको दौड प्रतियोगिता  सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ, मोहोरियाटारहुँदै छाब्दी बाराही मन्दिरमा पुगेर टुङ्गिएको थियो । छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबद्र्धनका लागि  दौडले सहयोग पुग्ने क्लवका अध्यक्ष अधिकारीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकामा प्रमुख वैकुण्ठ न्यौपानेले  खेलकुदले अनुशासन र स्वास्थ्यमा समेत सहयोग पुग्ने बताए ।

यस्तै कार्यक्रमको समापन समारोहमा छाब्दी बाराही विकास कोषका अध्यक्ष थान बहादुर थापाले रोटर्‍याक्टको दौडले छाब्दी बाराही मन्दिरको प्रचार प्रसारमा  सहयोग पुग्ने बताउँदै कार्यक्रमको निरन्तरताको कामना गरे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button