हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, १४ पुस २०८१ आइतवार । आज कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै आज कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यस्तै  आज राति भने देशका पहाडी भाग हरुमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  

आगामी २४ घण्टामा कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button