हेडलाईनसमाचारप्रदेश

आजको मौसम : दुई प्रदेशमा वर्षा, बाँकि प्रदेशमा आंशिक बदली रहने

प्रहार समाचार । काठमाडौँ, १३ पुस २०८१ शनिवार । पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावका कारण  आज बिहान सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

 सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात भइरहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै  सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात भइरहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। 

दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा लगायत कोशी प्रदेशका पहाडी भू-भागका केही  स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहने छ । सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै  कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा  बाँकी प्रदेशका थोरै स्थानहरूमा राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button