हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

नेविसंघ तनहुँमा बिबाद : शेखर पक्षका आले समानन्तर तनहुँ अध्यक्ष घोषणा

प्रहार समाचार । तनहुँ , १२ पुस २०८१ शुक्रवार । नेपाल विद्यार्थी संघमा किचलो उत्पन्न भएको छ। तनहुँमा शेखर पक्षले समानान्तर समिति गठन भएपछि यस्तो किचलो उत्पन्न हुन पुगेको हो ।

कोइराला समूहले नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमालको प्रमुख आतिथ्यतामा आज आदिकवि भानुभक्त क्याम्पसमा बृहत भेला गरी ऋषिङ–७ का सोन कुमार आलेलाई सर्वसम्मत जिल्ला अध्यक्ष चयन गरेका छन्।  यसअघि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ तनहुँको अध्यक्षमा व्यास ११ निवासी विद्यार्थी नेता आशिष कैनीलाई जिल्लाको सिफारिसमा अध्यक्ष पदमा चयन गरेका थिए ।

अध्यक्ष शेर्पाले गरेका गतिविधि विधिविधान विपरीत र एकलौटी भएको भन्दै शेखर समूहका नेताहरुले समानान्तर गतिविधि गर्दै आएकाे अवस्थामा तनहुँमा पनि समानान्तर समिति गठन भएको हाे ।


नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल, वर्तमान केन्द्रीय सदस्यहरु प्रेमिका राना मगर, धर्मराज शाही, ई. भुवन भट्ट, विक्रमादित्य सिंह, प्रविन कैनी, जगतजंग विष्ट, रविन केसी लगायतका नेताहरु तनहुँ आएर विद्यार्थी भेला गरी जिल्ला अध्यक्ष चयन गरेका
हुन् । यसरी समानान्तर अध्यक्ष घोषणा गरेपछि आधिकारिक जिल्ला अध्यक्ष को हो ? भन्ने किचलो थपिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button