प्रहार समाचार । भारत,१२ पुस २०८१ शुक्रवार । भारत सरकारले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतमा आज सबै सरकारी कार्यक्रम रद्द गरिएको छ । मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने समाचार एजेन्सी एएनआई ले जनाएको छ।

भोलि अन्त्येष्टिको दिन विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइने छ ।
केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ। प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ । कर्नाटक सरकारले पनि आज बाट सात दिने राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ ।
उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेतालगायत धेरैले शोक व्यक्त गरेका छन् ।
मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो। सिंहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको थियो ।
























