हेडलाईनव्याससमाचारगण्डकीसाहित्य

अमरराज कैनीका दुई कृति लोकार्पण

• शंकरराज नहर्की । तनहुँ, १३ पुस २०८१ शनिवार । लोकतन्त्रका अथक योद्धा एवं पूर्व राज्य मन्त्री अमराज कैनीद्वारा  लिखित  दुई कृतिहरू लोकार्पण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हिंजो दमौलीमा  पुस्तकको लोकार्पण गर्दै नेपाली कांग्रेसमा निष्ठा, इमान्दार र जुझारू सच्चा सिपाहीका रूपमा रहेका कैनीका दुई कृतिहरु पठनिय, सन्देश मूलक र सङ्ग्रहणिय रहेको बताउँदै पुस्तक लोकार्पण गर्न पाउँदा आफू धन्य भएको बताए ।

कैनीद्वारा लिखित ‘प्रजातन्त्रको सौन्दर्य र अविस्मृत विम्बहरु’ र ‘आफ्नै विगत नियाल्दा’ नामक  दुई वटा कृतिहरु एकैपटक सार्वजनिक गरिएको हो ।

पहिलो कृति प्रजातन्त्रको सौन्दर्य पुस्तकको खण्ड ‘क’ मा कैनीका वैचारिक लेखहरु २०५० साल देखि हाल सम्मका साप्ताहिक विमर्श, कान्तिपुर दैनिक , नागरिक दैनिक, अन्नपूर्ण पोष्ट लगायतमा छापिएका तथा नछापिएका १९ वटा लेखहरु समावेश छन् भने खण्ड ‘ख’ मा कैनीले विभिन्न पत्रपत्रिहरूमा दिएका अन्तर्रवार्ताहरु समावेश छन्। त्यसैगरि  खण्ड ‘ग’ मा कैनि द्वारा लेखिएका विभिन्न १४ वटा संस्मरणात्मक लेखहरु समावेश गरिएका छन्। पुस्तक १सय ५८ पृष्ठको रहेको छ।

त्यसै गरि कैनीद्वारा लेखिएको अर्को पुस्तक  ‘आफ्नै विगत नियाल्दा’ (आत्मवृत्तान्त ) पुस्तकमा ‘आफ्नै विगत नियाल्दा’, देखि ‘हाम्रा पूर्वजहरु’ र ‘अन्तिम इच्छा मरेपछिको’ गरि १०४ वटा लामा छोटा आत्मावृत्तान्तहरु रहेका छन् ।


कैनीले पुस्तक मार्फत अन्तिममा पाठकलाई भावुक हुन बाध्य बनाएका छन्। उनले अन्तिम इच्छा मरेपछिको शिर्षकमा लेखेका छन् –  ‘मलाई पूर्वजन्म र पुनर्जन्मप्रति विश्वास छैन। मेरो जन्म संयोग मात्र हो। जन्मिएर अस्तित्व स्थापित भयो। मर्छु समाप्त हुन्छु । मरिसकेपछि म कतै हुन्न । शरीर कसैको माटोमा मिल्छ, कसैको धुवाँ र खरानीमा उडाइन्छ, आआफ्नो धर्म र परम्परा अनुसार । तर मैले मेरो पार्थिव शरीरको पनि उपयोग होस् भन्ने इच्छा राखे । मेरो इच्छा अनुसार  मृत्युपछि पार्थिव शरीर महाराजगंज शिक्षण अस्पताललाई दान दिने निर्णय गरे र दान पत्र समेत भन्यौँ ।   मेरो परिवारले म मरेपछि दाहसंस्कारको निर्दिष्ट गरेका संस्कारजन्य कर्म नगरुन् भन्ने मेरो चाहना छ ।  तेह्र  दिनको क्रियाकर्म, दान पुण्य केही पनि गर्नुपर्दैन । सम्भव भएर जुटेमा परिवारले मात्र दुईतीन दिन जम्मा भएर समवेदना, सहानुभूति दिन आउने इष्टमित्र, शुभचिन्तक र शुभेच्छुकहरुलाई स्वागत एवं धन्यवाद दिए मात्रै पुग्छ यिनै शब्दका साथ म विराम लिन्छु ।’  भनेर टुङ्ग्याएका छन्।

पुस्तकको अन्तिममा परिशिष्टमा केहि दस्तावेद र पारिवारिक, ऐतिहासिक तथा व्यक्तिगत रङ्गीन तस्बिरहरु पनि समावेश रहेका छन्।

पुस्तक १ सय १० पृष्ठको रहेको छ। दुबै पुस्तकको प्रकाशकमा कैनीकी श्रीमति डा. प्रभादेवी देवकोटा कैनी रहेकी छन्। दुबै पुस्तक बिक्रीबाट प्राप्त हुने रकम ‘अमर- प्रभा कोष’ मार्फत विपन्न वर्गका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सदुपयोग गरिने भएको छ। उक्त कोषमा छोराहरु प्रवीण र नवीन कैनीले एक लाख रुपैया जम्मा गरिसकेको जनाएका छन् । भने पुस्तकको प्रकाशनमा छोरीहरु वीणा, मीना, र छोराहरु प्रवीण र नवीन कैनी सहयोगीका रूपमा रहेका छन्।

पुस्तक लोकार्पण कार्यक्रम व्यास नगरपालिकाका नगर प्रमुख बैकुष्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र पोख्रेल , नेका केन्द्रीय सदस्य ध्रुव वाग्ले, गण्डकी प्रदेशका पूर्व मन्त्री डोबाटे विक , गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ ,नेका तनहुँका सभापति जित प्रकाश आले ,पूर्व सभापति रघुनाथ पौडेल, तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा , नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कंडेल लगायतका नेता, शैक्षिक , सामाजिक लगायत क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । शिक्षक कल्पना पौडेल र कल्पना घिमिरेले पुस्तकको समिक्षा गरेका थिए ।कार्यक्रमको सहजिकरण शिक्षाविद् डा . रामचन्द्र पाण्डेले गरेका थिए ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button