हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

बाँकेको भेरी अस्पताल नेपालगञ्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । नेपालगञ्ज, ९ पुस २०८१ मङ्गलवार । पश्चिम नेपालका २४ जिल्लाका विरामीको उपचार गर्दै आएको बाँके स्थित भेरी अस्पताल नेपालगञ्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरिएको छ ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर सँग अस्पतालले सम्झौता गरे सँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने तयारी गरिएको हो । 

हिंजो भेरी अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा सहिद धर्मभक्त  अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदी बीच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएर पत्र आदान प्रदान गरिएको हो । 

सम्झौता पत्रमा हस्ताक्षर संगै मन्त्री पौडेलले सबै संघीय अस्पतालमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजना रहेको बताउदै अब भेरी अस्पतालमा पनि सेवा सुरु गर्ने गरी सम्झौता सगै सातै प्रदेशमा यो सेवा विस्तार गर्दै सर्वसुलभ,सहज र पहुँचयोग्य बनाइने बताए ।

हस्ताक्षर कार्यक्रममा बोल्दै अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.श्रेष्ठले भेरी अस्पतालमा मिर्गौला सेवा सञ्चालनका लागि केन्द्रले आवश्यक जनशक्ति, प्रविधि र प्राविधिक लगायत सहयोग गर्ने बताए।
  मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि केही कानुनी प्रक्रियाहरू छन । ती कानुनी प्रक्रिया अस्पतालले पूरा गरे पछि सेवा विस्तार,जनशक्ति व्यवस्थापन लगायतका काम गर्न एक महिना लाग्न सक्छ भन्दै श्रेष्ठले मिर्गौला प्रत्यारोपण सेवालाई सर्वसुलभ गराउने गरी केन्द्र अगाडि बढेको उल्लेख गरे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button