प्रहार समाचार । तनहुँ, ९ पुस २०८१ मङ्गलवार । तनहुको व्यास नगरपालिकामा आजबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिएको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको एक कार्यक्रमका बिच परिचय पत्र वितरण कार्यक्रमको औपचारिक सुरुवात गरे ।

कार्यक्रममा उप प्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

त्यस अबसरमा नगर प्रमुख न्यौपानेले राष्ट्रिय परिचय पत्र वितरण कार्यले नागरिकको पहिचानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। साथै, उनले नागरिकलाई परिचय पत्र प्राप्त प्रक्रियामा सहजीकरण गर्न सबै कर्मचारी र सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले परिचय पत्र वितरणले डिजिटल प्रशासनको दिशामा महत्वपूर्ण कदम हुने बताए। पहिलो चरणमा नगरपालिकाभरका नागरिकहरूको विवरण संकलन गरी परिचय पत्र वितरण गरिने र यो प्रक्रिया छिट्टै सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
























