हेडलाईनसमाचारसुदुर पश्चिमप्रदेश

हुम्लामा  हिमपात : जनजीवन प्रभावित

प्रहार समाचार । हुम्ला, ९ पुस २०८१ मङ्गलवार । हुम्लामा गए रातिदेखि  हिमपात भएको छ। हिमपातका कारण जनजीवन प्रभावित हुन पुगेको छ ।

जिल्ला सदरमुकाम सिमकोटमा भारि  हिमपात भएका कारण जनजीवन प्रभावित हुन पुगेको हुम्लाका  प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।

‘दुई इञ्चसम्म हिउँ जमेको छ,  उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ।’ प्रजिअ पाण्डेयले भने ।  जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ। चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए। जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button