प्रहार समाचार । लालितपुर, र पुस २०८१ सोमवार । पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) की सांसद डा. तोसिमा कार्कीले निर्वाचनको बेला जति दौडधुप नेताहरुले जनताको घर घरमा, टोलमा बस्तीमा गरेका हुन्छन् निर्वाचनपछि पनि नेताहरुले जनताका मुद्दामा त्यति नै दौडधुप र मेहनत गरिदिएका भए अवस्था फरक भइसक्ने कुरा बताएकी छन् ।

कार्कीले सामाजिक संञ्जाल आफ्नो फ्रेसबुक पेजमा आजसम्म भएको यही हो की निर्वाचनहरुमा नेताले जिते, तर जनता हारिरहे।
डा. कार्कीले लेखेकी छन् ‘ फरक हामी जनतामाझ पुग्छौं, सोध्छौ, बुझ्छौं, खोज्छौं र समस्याहरूमा पहल गर्छौं। हामी जनता जिताउने राजनीति गर्न खोजिरहेका छौं। चुनौतिपूर्ण छ, तर यहाँहरूको विश्वास र आशिर्वादको लागि सधैं आभारी छौँ।’
























