• सुशिल वि क ( प्रशिक्षार्थी पत्रकार ) प्रहार समाचार । तनहुँ, ८ पुस २०८१ सोमवार । तनहुँको व्यास नगरपालिका वडा नं. १४, छाब्दी निवासी अविनाश पन्थ र दिवस पन्थले आज व्यास १३ मा रहेको जनजागृति मा. वि. का आर्थिक अवस्था कमजोर छात्र-छात्राहरुलाई न्यानो कपडा स्विटर वितरण गरेका छन्।

सहयोग कार्यको प्रशंसा गर्दै व्यास-१३ का कार्यवाहक वडा अध्यक्ष हरिचन्द्र पन्थले अभियानका नेतृत्वकर्ताहरूलाई विद्यालयमा सम्मान गरेका थिए। सामाजिक उत्तरदायित्व वहन गर्दै गरिएको यो अभियानले विपन्न बालबालिकालाई ठूलो राहत पुगेको छ।
विद्यालयका २६ जना बालबालिकालाई स्विटर प्रदान गरेको विद्यालयका प्रधानाध्यापक मिनु सेन्चुरीले प्रहार समाचारलाई बताइन्।

अविनाश पन्थ कक्षा १२ पढ्दै गरेका युवा हुन् । उनले पछिल्लो समय अभियान मार्फत बिपन्न र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग गर्दै आएका छन्। पन्थ भन्छन्-‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका भाई बहिनिहरुलाई न्यानो बनाउन पाउँदा खुशी लागेको छ ।’
























