हेडलाईनसमाचारप्रदेश

आजको मौसम :तराईलगायत पहाडी भू-भागमा बाक्लो  हुस्सु/कुहिरो

प्रहार समाचार । काठमाडौँ, ८ पुस २०८१ सोमवार ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । तराईलगायत पहाडी भू-भागका केही स्थानमा बिहानै देखि बाक्लो  हुस्सु/कुहिरो लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्षको दोस्रो हिउँदे वर्षा आज रातिदेखि हुने सम्भावना रहेको छ । वर्षा  मुख्यतया पहाडी र हिमाली भेगमा मात्र हुने सम्भावना रहेको छ। कर्णालीमा राम्रो वर्षा र सुदूरपश्चिममा हल्का वर्षा हुने देखिए पनि अन्य प्रदेशमा भने छिटपुट मात्र वर्षा हुने  मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।

सोमबार हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको भने पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button