हेडलाईनसमाचारप्रदेश

‘ वर्तमान सरकार अन्तिम विकल्पको सरकार ‘ – नेता डा. कोइराला

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । कैलाली, ७ पुस २०८१ आइतवार ।   सत्तारूढ दल नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको र यो अन्तिम विकल्पको सरकार भएको बताएका छन् ।

नेपाल प्रेस युनियन कौलाली शाखाले आज धनगढीमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन्। उनले भने  ‘यो सरकार संविधान संशोधन,स्थायित्व,आर्थिक अवस्था सुधार,विकास र सुशासनका लक्ष्य सहित बनेको हो । ‘ सोहि  लक्ष्यअनुसार सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने सुझाव नेता कोइरालाले दिए ।


संसदका दुई ठूला दल मिलेर बनेको सरकारले पनि काम गर्न नसके देशमा अराजकता निम्तिन्छ भनेर धेरै विद्वानहरूले सचेत गराइ रहेको र हामीले पनि आफ्नो तर्फबाट यही कुरा भनिराखेका उनले जानकारी दिए।
उनले थपे- ‘अहिलेको सरकारलाई असफल हुने छुट छैन , कुनै पनि हालतमा अहिलेको सरकार अगाडि गएर  र आफ्नो म्यान्डेड पूरा गर्नुपर्छ ।’



डा. कोइरालाले यसै गरी एक वर्ष भित्र पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेकाले सो अनुसार आफ्नो जिम्मेवारीमा जुट्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button