प्रहार समाचार । तनहुँ, ७ मंसिर २०८१ आइतवार । तनहुँको व्यास नगरपालिका अनसन चौतारी अगाडीको खेल मैदानमा व्यास नगर वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ।

व्यास नगरपालिका खेलकुँद समितिको आयोजनामा हुने उक्त प्रतियोगिता यहि पुस १९ र २० गते दुई दिवसीय हुन लागेको हो । व्यास नगरका क १४ वडाका १४ टिमको सहभागीता हुने व्यास नगरपालिकाका खेलकुद समितिका संयोजक एवं वडा नं. ६ का वडा अध्यक्ष जिवन गुरुङले जानकारी दिए ।

प्रतियोगिताको बारेमा जानकारी दिने उद्देश्यले आज नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक गुरुङले हरेक वडा बाट उत्कृष्ट खेलाडीहरुको पहिचानका लागि तथा व्यास नगर पालिकामा एउटा बलियो भलिबल टिम तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख एवं खेलकुद समितिका सदस्य सचिव केदारराज आचार्यले प्रथम हुने टिमलाई नगद ५० हजार शिल्ड , मेडल र प्रमाणपत्र , दोस्रो हुने टिम लाई नगद ३० हजार मेडल र प्रमाणपत्र तथा सेमिफाइनलमा प्रवेश गरेका दुई टिमलाई क्रमश: १०/ १० हजार प्रदान गरिने बताए ।

प्रतियोगिताका लागि २ लाख बजेट व्यास नगर पालिकाबाट बिनियोजन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कार्यक्रममा व्यास ३ का वडाअध्यक्ष अनुप राना , नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी , कोषाध्यक्ष पूर्ण विक प्रहार अनलाईन मिडियाका सम्पादक शंकरराज नहर्की लगायतको उपस्थिति रहेको थियो ।
























