प्रहार समाचार । तनहुँ, ७ पुस २०८१ आइतवार । तनहुँ जिल्ला अदालतबार इकाईद्वारा नेपाल बार एसोसिएसनको ६९ औं स्थापना दिवस मनाइएको छ।

नेपाल बार एसोसिएसनको स्थापना दिवसको अवसर पारेर बार बेन्च र बार बीच शुभकामना आदर प्रदान गरी मनाइएको हो।

कार्यक्रममा तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश कमलराज बिष्ट, वरिष्ठ अधिवक्ता कमला मोहन वाग्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तनहुँ बार इकाईका अध्यक्ष अधिवक्ता डम्बरदेव हड्खलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सचिव हर्षमान श्रेष्ठले गरेका थिए । बारको विसं २०१३ साल पुष ७ गते स्थापना भएको थियो ।
























