व्यासहेडलाईनसमाचारगण्डकी

व्यास नगरपालिकाद्वारा  ‘दमौली सभागृह सञ्चालन कार्यविधि २०८१’ पारित गर्ने निर्णय

प्रहार समाचार । तनहुँ ,७ पुस २०८१ आइतवार । तनहुँको व्यास नगरपालिकाले ‘दमौली सभागृह सञ्चालन कार्यविधि २०८१’ पारित गर्ने निर्णय गरेको छ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिकाको नियमित बैठक  (बैठक नं . २०२ ) ले  व्यास नगरपालिका–३ मा निर्माण सम्पन्न भई उद्घाटन समेत भईसकेको ‘ दमौली सभागृह सञ्चालन कार्यविधि २०८१ ‘ पारित गर्ने निर्णय गरिएको हो ।

सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको  राष्ट्रपति पौडेलले गत असोज ६ गते उद्घाटन गरेका थिए । सहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीमार्फत जिल्ला सभागृह निर्माण भएको थियो ।  २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ रुपैयाको लागतमा  निर्माण सम्पन्न भएको  सभागृह जिल्ला समन्वय समिति या व्यास नगरपालिका कस्ले सञ्चालन गर्ने भन्ने द्धिविधि थियो । जिल्ला समन्वय समितिका प्रमुख, नगरभित्रका सुरक्षा निकाय प्रमुख , सक्रय राजनीतिक दलका जिल्ला एवं नगरस्तरीय प्रतिनिधिहरुसंग को परामर्श समेतबाट नगरपालिकाले कार्यविधि पारित गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ९ का वडा अध्यक्ष सुरेश थापाले जानकारी दिए ।

विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी सम्पन्न भएको हो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे, एमए र प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सभागृहको क्षमता पाँच सय ९३ रहेको छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिने क्षमता रहेको छ । 

भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल र सभाहल बाहिर फाउन्टेनसहितको भिआइपी पार्किङस्थलको व्यवस्था छ ।  


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button