प्रहार समाचार । तेह्रथुम, ७ पुस २०८१ आइतवार । टिकटक बनाउन खोज्दा खोलाको खोचमा खसेर तेह्रथुममा दुई जनाको मृत्यु भएको छ ।

हिंजो तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी चिनिमाया तामाङले जानकारी दिइन् ।
घटना अनुसार हिंजो विद्यार्थीसहितको टोली खोरुङ्गा खोलामा नुहाउन गएको थियो । नुहाउने क्रममा मृतक दुईसहित अर्की एक विद्यार्थी टिकटक भिडियो बनाउने भन्दै हिंडेका थिए । भिडियो बनाउने क्रममा दुई जना खोचमा लडेर घटना स्थलमानै मृत्यू भएको थियो । घटनाको थप अनुसन्धान प्रहरले अगाडी बढाएको छ।
























