प्रहार समाचार । काठमाडौँ, ७ पुस २०८१ आइतवार । पुस लागे सङ्गै देशै भरि चिसो बढेको छ। तराईका धेरै स्थान तथा पहाडी भूभागमा विहानै देखि बाक्लो कुहिरो र हुस्सु लागेको छ । काठमाडौं उपत्यकामा आज विहानको न्यूनतम तापक्रम ४.८ डिग्री मापन भएको

पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबार दिउँसो चाहीँ कर्णाली र सुदूरपश्चिममा हिमपात, भोलि राति वर्षाको पूर्वानुमान रहेकाले पश्चिम नेपालको अधिकतम तापक्रम केही घट्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको असर काठमाडौंसम्म नपर्ने हुँदा काठमाडौंको हकमा भने केही दिन अधिकतम तापक्रम घट्ने सम्भावना नरहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।
























