हेडलाईनसमाचारगण्डकी

लमजुङको चिती कार्किडाँडा सेवा समाजको अधिवेशन सम्पन्न : अध्यक्षमा पुनः सिलुवाल

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, ६ पुस २०८१ शनिवार ।  लमजुङको चितीबाट बेसीशहर बजारमा आएर स्थायी र अस्थायी रुपमा बसाेवास गर्नहरुकाे संस्था ‘चिती कार्किडाँडा सेवा समाज’ बेसीशहरकाे साताैं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । 

लमजुङ उद्योग बाणिज्य संघको सभाहल बेसीशहरमा भएको कार्यक्रममा बाेल्दै संस्थाका सल्लाहकार एबं पुर्ब जिल्ला बिकास समिति लमजुङका सभापति शंकरकान्त जाेशीले एकतानै बल भएकोले व्यक्ति – व्यक्ति अलग – अलग हुँदा गर्न नसकिने काम एकताबद्ध भएर संस्थागत तरिकाले गर्न सहज हुने भएकोले संस्थाकाे महत्त्व ठूलो रहेको बताए ।


 सल्लाहकार एबं लमजुङ उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष गुणराज सिलुवालले संस्था व्यावसायिक पनि हुनुपर्ने,उत्पादनमा लगानी गरि आफ्ना गतिविधि संचालन गर्न आफै सक्षम हुनुपर्ने विचार व्यक्त गरे ।   सल्लाहकार एबं लमजुङ उद्योग बाणिज्य संघका काेषाध्यक्ष भरत बहादुर बिष्टले संस्थाकाे पारदर्शिता,यसका रचनात्मक र शिर्जनात्मक गतिविधिहरु उदारणीय हुन सक्ने विचार व्यक्त गरे ।


 संस्थाका अध्यक्ष शिवराम सिलुवालले संस्थाकाे स्थापना भए देखिका गतिविधि र भावि कार्ययोजना सहित प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा तिन अग्रज  माेतिकला सिलुवाल,सरिता घिमिरे र मीन कुमारी पन्तलाई सम्मान गरिएको थियोे । त्यस्तै गरि टीका भण्डारी,कल्पना विमलीलाई स्नातकोत्तर उत्रिण गरेकोमा र रुवि पन्तलाई स्नातक उतिर्ण गरेकोमा  सम्मान गरिएको  सल्लाहकार वासुदेव सेढाईले प्रहार समाचारलाई जानकारी दिए ।


तेस्रो अधिवेशन बाट पुन शिवराम सिलुवालकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा भेषनिधि पाण्डे ( अमृत ), सचिवमा कल्पना जाेशि,सह – सचिवमा चाेलाराज खनिया,काेषाध्यक्षमा टीका भण्डारी चयन भएका छन ।
  त्यस्तै सदस्यहरुमा क्रमशः केशव सिलुवाल,शुसिला बस्नेत ,रामकृष्ण बसेल र सर्मिला सिलुवाल चयन भएका छन ।


 त्यसैगरी सल्लाहकार समितिमा शंकरकान्त जाेशि,गुणराज सिलुवाल,भरत बहादुर बिष्ट र बासुदेव सेढाई चयन गरिएको छ। संस्थाका अध्यक्ष शिवराम सिलुवालकाे सभापतित्वमा भएको कार्यक्रमकाे सहजिकरण सल्लाहकार बासुदेव सेढाईले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button