• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, ६ पुस २०८१ शनिवार । लमजुङको सुन्दर बजार नगरपालिका वडा नम्बर -९,स्थित भक्ति नमुना मा.वि.भोटेओडारको ५८ औं वार्षिक उत्सव तथा ५० औं अभिभावक दिवस समारोह हिंजो सम्पन्न भएको छ ।

कार्यक्रमको गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले उद्घाटन गर्दै भक्ति नमुना मध्यमिक बिध्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा रहेको बताए । भौतिक पुर्वाधारको हिसाबले पनि जिल्लामा सम्पन्न र उत्कृष्ट विद्यालय रुपमा रहेको बताउदै मन्त्री पौडेलले शिक्षाको गुणस्तरलाई अब्बल बनाउने तर्फ लाग्नु पर्ने बताए । उनले विद्यालय सेवा क्षेत्रका अभिभावक,राजनैतिक दल, शिक्षक,विधार्थी लगायत विद्यालयसंग सम्बद्द ब्यबस्थापन समिति,शिक्षक अभिभावक संघ, जनप्रतिनिधिहरुले केके गर्न सक्छौं भनेर चिन्ता लिनु पर्ने बेला आएको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञराज घिमिरेले विद्यालयको वार्षिक प्रतिवेदन २०८१ र भावी कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा विद्यालयमा स्थापना भएका अक्षयकोष बाट गरिव तथा जेहेन्दार,विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यालय ब्यबस्थापन समितीका पूर्ब अध्यक्षहरु,पूर्व प्रधानाध्यापकहरु,पूर्व विद्यार्थी समाजका अध्यक्षहरु,उत्कृष्ट विद्यार्थी र अभिभावकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सुन्दरबजार नगरपालिका वडा नं. ८ र ९ का वडा अध्यक्ष,विद्यालय ब्यबस्थापन समितीका पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरु,अभिभावक, जनप्रतिनिधि,राजनैतिक दलका प्रतिनिधिहरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यार्थिहरुले बिभिन्न जातजाती,भेषभूषा झल्कने गरी मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुतीहरु राखेका थिए भने गजल गायक राज सिग्देल र लोक गायक बिबेक धितालले आफ्नो प्रस्तुतीबाट मनोरन्जन प्रदान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकृष्ण आचार्यको अध्यक्षतामा भएको
कार्यक्रमको सहजीकरण शिक्षक थकित यात्रीले गरेका थिए ।
























