प्रहार समाचार । तनहुँ, ५ पुस २०८१ शुक्रवार । नेपाल रेडकस सोसाइटी जिल्ला शाखा तनहुँद्वारा आज दमौलीमा पालिकाका प्रमुखहरूलाई सम्मान गरिएको छ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, रेडक्रस तनहुँका सभापति डा. कृष्णप्रसाद गौतम लगायतले दमौली अस्पतालमा रक्त सञ्चार स्थापना तथा स्तरोन्नतिका लागि सहयोग गर्ने पालिकाहरूलाई सम्मान गरेका हुन्। ।
त्यस अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने , भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा , म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, भानु नगरपालिकाका उप प्रमुख उमा गोतामे लगायतलाई सम्मान गरिएको थियो ।

रक्त सञ्चारका लागि हालसम्म तनहुँका पालिकाहरुबाट २१ लाख ५० हजार जम्मा भएको ७ लाख जम्मा हुन बाँकी रहेको र अर्को२९ लाख पनि जम्मा हुने कोषाध्यक्ष प्रतापसिंङ अधिकारीले जानकारी दिए ।



कार्यक्रममा बोल्दै समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मानिसको जिवन बचाउने जस्तो पवित्र काममा पालिकाहरुले पुऱ्याएको सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, रेडक्रसका पूर्व सभापतिहरु रघुनाथ पौडेल, उदयराज गौली, मन्त्री सूर्यचन्द्र हड्खले , सत्यवती माविका प्र अ पुष्पकला भट्टराई लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
























