प्रहार समाचार । तनहुँ, ५ पुस २०८१ शुक्रवार । प्रहार अनलाईन मिडियाका अध्यक्ष एवं सम्पादक शंकरराज नहर्की सम्मानित भएका छन्।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले नहर्कीलाई आज दमौलीमा एक समारोहका बिच सम्मान गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा, रेडक्रस शाखाका सभापति डा. कृष्णप्रसाद गौतम लगायतले सम्पादक नहर्कीलाई हालै सम्पन्न नेपाल पत्रकार महासंघ तनहुँशाखाको सम्पन्न अधिवेशनबाट गण्डकी प्रदेशको सदस्यमा निर्वाचित भएकोमा सम्मान गरिएको हो ।

यसै गरि नेपाल पत्रकार महासंघ तनहुँका नव निर्वाचित अध्यक्ष डिपि अधिकारी , सचिव कृष्ण न्यौपाने , संघिय परिषद् सदस्य राजकुमार श्रेष्ठ ( वि वि ) लाई पनि त्यस अबसरमा सम्मान गरिएको थियो ।

























