हेडलाईनसमाचारगण्डकी

‘अहिलेको सरकारको प्राथमिकता  सुशासन नै हो ।’ – मन्त्री गुरुङ

• विजय अधिकारी ( सवाददाता ) प्रहार समाचार । लमजुङ, ५ पुस २०८१ शुक्रवार । नेपाल सरकारका सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा सुशासन नहुदा देशको विकास नभएको, अहिलेको सरकारको प्राथमिकता पनि सुशासन भएको र सरकारले अहिले समस्या पहिचान गर्दै दिगो विकासका गतिविधि सञ्चालन गर्दै आएको बताएका छन् ।

लमजुङको क्व्होलासोथार गाउँ पालिकाको नवनिर्मित प्रशासकीय भवनको बिहीबार एक  समुद्दघाट्न गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । सरकारका प्रवक्ता गुरुङले नेपालको राष्ट्रिय सङ्कट समाधानका लागि देशमा दुई ठूला पार्टीको गठबन्धन भएको जानकारी दिए ।

उनले भने- ‘मुलुक अस्थिर सरकार र अस्थिर राजनीतिले देश खोक्रो भएको र जनतालाई केन्द्रमा राखेर त्यो सङ्कट बाट पार गर्न छुट्टाछुट्टै निति र पृष्ठभुमि भएका पार्टी काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउनु परेको हो ।’


गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले गाउँ पालिकाको कामलाई प्रविधि मैन्त्री बनाउनु पर्नेमा जोड दिदै यसका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।

मन्त्री पौडेलले जनप्रतिनिधिहरुले राजनीतिक स्वार्थ भन्दा पनि नागरिकले कसरी छिटो र सहज तरिकाले सेवा पाउछन् भन्ने विषयमा ध्यान दिनुपर्ने समेत उल्लेख गरे  ।


गाउँपालिकाको वडा नं.-२,मालिङमा निर्माण गरिएको तीन तलेआरसीसि  भवन सम्पन्न भए पछी गत भदौ महिना देखी नै सेवा प्रवाह सुरु गरिएको भए पनि भवन बिहिबार औपचारिक रुपमा उद्घाटन गरिएको पालिकाका उपाध्यक्ष गमिमाया गुरुङले जानकारी दिइन् । 

उनका अनुसार – भ्याट सहित ४ करोड ३६ लाख ९६ हजार ४ सय ६० रुपैयाँ ७०पैसामा सम्झौता गरेको निर्माण कम्पनीले सम्झौता रकम भन्दा कम ४ करोड १४ लाख १२ हजार ९ सय ३९ रुपैयाँ ६३ पैसामा भवन निर्माण सम्पन्न गरेको थियो ।

भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले २ करोड र गाउँपालिकाले २ करोड भन्दा बढी खर्च गरेको र भवन २ रोपनी ४ आना २ पैसा जग्गामा रविना, अविशा, विकन जेभीले निर्माण गरेको हो । 


भवन निर्माणका लागि ०७७ असोज ३० गते सम्झौता गरी ०७९ असोज ३० गते निर्माण सक्नु पर्नेमा निर्माण कम्पनीले २ पटक गरी ६ महिना म्याद थप गरेर भवन निर्माण सम्पन्न गरेको गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङले जानकारी दिए। 


भवन निर्माणका लागि २ रोपनी १ आना २ पैसा जग्गा खरिद गरिएको थियो भने, सँगै रहेको ३ आना जग्गा निवर्तमान वडाध्यक्ष बुद्धिप्रसाद गुरुङले निःशुल्क पालिकालाई दान गरेको अध्यक्ष गुरुङले बताए । 


३६ कोठा र एउटा हल रहेको भवनमा सिसिक्यामेरा समेत जडान गरिएको छ । सेवाग्राहीलाई कामकाजमा ढिलाइ नहोस् भनेर सोलार, ब्याट्री ब्याकअप समेत राखिएको छ । कार्यालयमा पार्किङ स्थल पनि बनाइएको छ । भवन उदघाटन कार्यक्रममा संविधान सभा सदस्य जमिन्द्रमान घले,प्रदेश सभा  सदस्यहरु पार्वती तामाङ र यशोधा रिमाल,क्व्होलासोथार गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम घले लगायतले संबोधन गरेका थिए ।


स्थानीय तह गठन भएको सात वर्ष पछी गाउँ पालिकाको प्रसाशकीय भवन निर्माण भएको हो । पहिले आफ्नै भवन नहुँदा जनप्रतिनिधि, कार्यालय र शाखाहरू छुट्टाछुट्टै छरिएर सञ्चालन हुँदै आएको र सेवा प्रवाहमा समस्या भोग्दै आएको गाउँ पालिकाले अहिले आफ्नै भवन बाट एकीकृत सेवा प्रवाह गर्न पाउदा सेवा ग्रहीलाई सहज भएको  गाउँ पालिकाका अध्यक्ष सुर्य गुरुङले प्रहार समाचारलाई बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button