प्रहार समाचार । तनहुँ, ४ पुस २०८१ बिहीवार ।ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले केही कुण्ठित मानसिकताका कारण स्थानिय तहहरुले समस्या भोग्नु परिरहेको बताएका छन्। अध्यक्ष श्रेष्ठले नीति बिपरित काम नगरेता पनि फगत उजुरिहरुले काम गर्ने वातावरण नबनेको बताए । ‘एक प्रकारको त्रसित मानसिकताबाट स्थानिय उपभोक्ताहरु गुज्रनुपरेको छ ।’ – अध्यक्ष श्रेष्ठले भने ।

अख्तियार अनुसन्धान आयोगद्वारा तनहुँको ऋषिङ्ग गाउँपालिकामा आयोजित एकदिने अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आसमान तामाङले अख्तियार बिकासको बाधक नभएको बताउँदै आम नागरिकको सहयोगी बनेर अगाडी बढेको बताए । उनेले भने ‘ बिधिको शासन स्थापना गर्नका लागि बिकासको साधक बनेर असल शासन स्थापना गर्नको लागि सरकारको सहयोगि रहेको छ।’

गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकिय अधिकृत अनिल अंगाइँ, वडा नं ७ का वडा अध्यक्ष दुर्गा बहादुर थापा, ८ का वडा अध्यक्ष भरत कुमार श्रेष्ठ, गाउँसभा सदस्य दिल बहादुर नेपाली, शिव सरास्वती मा वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर श्रेष्ठ लगायतले आआफ्नो गुनासो राखेका थिए ।


























