हेडलाईनसमाचारप्रदेशखेलकुद

नेपाल प्रिमियर लिग (एनपिएल) २०८१ : आजदेखि प्लेअफका खेलहरू हुँदै

प्रहार समाचार । काठमाडौँ,३ पुस २०८१ बुधवार । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आजदेखि प्लेअफका खेलहरू हुँदैछ।

सोमबार लिग चरणका खेलहरू सकिएपछि मंगलबार ब्रेक राखेर आज बाट प्लेअफका खेलहरू सुरु हुने भएको  हो। अहिले बिहान ९ बजे इलिमिनेटर खेलाइन्छ।  अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन राइनोज् र कर्णाली याक्सबीच इलिमिनेटर खेल हुनेछ।

चितवन लिग चरणका सातमध्येर ४ जित र ३ हारसहित ८ अंक जोडेर प्लेअफमा पुगेको थियो।  कर्णालीले पनि सातमध्ये ४ जित र ३ हारसहित समान अंक जोडेको थियो। रनरेटका आधारमा ऊ चौथो स्थानमा पुगेको थियो। चितवनले लिग चरणमा काठमाडौं, पोखरा, सुदूरपश्चिम र जनकपुरलाई पराजित गरेको थियो भने कर्णाली, लुम्बिनी र विराटनगरसँग पराजित भएको थियो।

लिग चरणमा कर्णालीसँग ६ विकेटको हारको बदला लिने मौका चितवनलाई छ।
कर्णाली  लिगको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदा पनि कर्णाली रनरेटमा काठमाडौं गुर्खाजलाई पछि पारेर प्लेअफ पुगेको थियो।कर्णालीले लिग चरणमा चितवनसँगै विराटनगर, पोखरा र लुम्बिनीलाई पराजित गर्दा सुदूरपश्चिम, काठमाडौं र जनकपुरसँग पराजित भएको थियो।

इलिमिनेटरमा जित्ने टिम दोस्रो क्वालिफायरमा पुग्ने छ भने हार्ने टिम बाहिरिने छ।आज दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच पहिलो क्वालिफायर हुनेछ।

सुदूरपश्चिम शीर्ष स्थानमा रहेर र जनकपुर दोस्रो स्थानमा रहेर प्लेअफ पुगेको थियो। आजको क्वालिफायर जित्ने टिम सिधै फाइनल पुग्नेछ भने हार्ने टिमले इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायरबाट फाइनल पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button