प्रहार समाचार । काठमाडौ, ३ पुस २०८१ बुधवार । नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा जारी नेपाल प्रिमियर लिगको पुरस्कार राशी घोषणा गरेको छ ।

जसअनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पाउने भएको छ । उपविजेताले ५१ लाख रुपैयाँ पाउने भएको छ ।

तेस्रो हुने टिमलाई २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पाउने भएको छ । छ
एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन् । आज एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् ।
























