हेडलाईनसमाचारगण्डकी

लमजुङको बालविकास मा. वि. को  ७१ औं बार्षिक उत्सव सम्पन्न

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर-२,तान्द्राङ टक्सार स्थित  बालविकास माध्यमिक विद्यालयको ७१ औँ वार्षिक उत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ।

मध्य नेपाल नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव रुद्र नारायण सापकोटाले कार्यक्रमको समुदघाटन गर्दै शिक्षाको गुणस्तर सुधार्नका लागि शिक्षक,विद्यार्थी र अभिभावकको त्रिकोणात्मक संबन्ध हुन जरुरी भएको भन्दै अहिले गाउँ घरका बस्तीहरु बसाई सराईका कारण सहर केन्द्रित हुँदा गाउँका विद्यालयमा विद्यार्थी कम हुने समस्या देखिएको बताए । उनले  सामुदायिक विद्यालयका विद्यार्थीहरुले अब्बल नतिजा हासिल गर्ने कुरामा दुई मत नभएको बताउदै शिक्षा शाखाबाट आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक  दामोदर खनालले विद्यालयको वार्षिक प्रतिवेदनका साथै भावी रणनिति प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा मध्य नेपाल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदमबहादुर थापा, इशानेश्वर मा. वि. का प्र.अ.रामकृष्ण घिमिरे,ने.का.जिल्ला सदस्य भोला पौडेल,माहोबादी केन्द्रका नगर कमिटी अध्यक्ष लालजंग दुरा,पेशागत संघ संगठनका तर्फबाट एकिकृत नेपाल शिक्षक संगठन मध्यनेपालका अध्यक्ष  बद्रीप्रसाद पौडेल,वि.ब्य.स.का पुर्व अध्यक्ष चन्द्रबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

वार्षिक उत्सवका अवसरमा विद्यालयको सर्वोत्कृष्ट शिक्षक उपाधी २०८० बाट नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र सहित मा.वि.शिक्षक तारादेवी गुरुङ पुरस्कृत भएकी छन् । कार्यक्रममा  विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि हरू, नगरपालिका भित्र क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि हरूको उपस्थिति रहेको थियो ।


 कार्यक्रममा अन्तर विद्यालय स्तरीय आधारभूत तह (१-५) एकल नृत्य प्रतियोगिता मा विभिन्न १२ विद्यालय सहभागी भएकोमा  कुसुमाकर मा. वि. प्रथम, मङ्गला मा. वि. द्वितीय र  भैरवकाली मा.वि. तृतीय तथा  बाल विकास मा. वि. सान्त्वना हुन सफल  भएका थिए ।


जम्दार कृष्ण बहादुर दुरा तथा गणेशबहादुर दुराले आफ्नो बाबाआमाको स्मृतिमा स्थापना गरेको  पुरस्कार बाट विद्यालयका १४ जना विद्यार्थी र एक जना शिक्षकलाई पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालयकी शिक्षिका सीता गिरीले स्वागत गरेको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्र.अ.मोहन घिमिरेले गरेका थिए । कार्यक्रम  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजिराम खड्कको सभापतित्वमा समान्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button