• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । कास्की,२ पुस २०८१ मङ्गलवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आज लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार राजन खनालले जानकारी दिए ।
खनालका अनुसार- अभियोजन गर्नु अघि गैर कानुनी थुनामा राख्न नमिल्ने हुनाले लामिछानेलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सरकारी वकिल कार्यालय कास्कीले यसको अभियोजन गरिरहेको छ । यो चार दिने म्याद भित्रै अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कारण सोमबार प्रहरीले लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
सहाकारी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई गत कात्तिक २ गते प्रहरीले काठमाडौं बाट पक्राउ गरी कास्की लगेको थियो । लामिछाने सहित ५१ जना विरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको हो ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित पाँच जना थुनामा रहेका छन् ।
























