हेडलाईनसमाचारगण्डकीऋषिङसूचना प्रविधि

तनहुँको ऋषिङ्ग गाउँपालिकाले  नागरिकता सिफारिस अनलाईन मार्फत गर्ने

प्रहार समाचार । तनहुँ, २ पुस २०८१ मङ्गलवार । तनहुँको ऋषिङ्ग गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाईन माध्यमबाट सञ्चालन गर्ने भएको छ।

पालिकाले यहि पुस ७ गते आइतवारबाट नागरिकता सम्बन्धी सिफारिस प्रक्रिया अनलाइनमार्फत सरल बनाउँदै लैजाने जनाएको छ। पालिकाले यस कार्यलाई आफ्नो डिजिटल परिवर्तन यात्रामा एउटा महत्त्वपूर्ण कदम चालेको जनाएको  छ।

गाउँपालिकाले हालै ( सि सि आई एम एस बाह्य मोडुल) सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ। तालिममा  विभिन्न वडाका वडा सचिव र सहायक कर्मचारीहरूको सहभागिता रहेको थियो। उक्त तालिम जिल्ला प्रशासन कार्यालय, तनहुँको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।


यस तालिमले नागरिकता सम्बन्धी सिफारिस प्रक्रिया अनलाइनमार्फत सरल बनाउँदै, नागरिकलाई नागरिकता प्राप्त गर्ने प्रक्रिया छिटो र प्रभावकारी बनाउँछ । जिल्ला प्रशासन कार्यालय, तनहुँले सूचना जारी गर्दै पौष १६ बाट जिल्ला प्रशासन कार्यालयमा सिफारिस हुने सम्पुर्ण नागरिकताका सिफारिस गर्ने निर्णय गरेपश्चात् तनहुँ जिल्ला यो प्रणालीलाई आधिकारिक रूपमा लागू गर्ने नेपालकै २०औं जिल्ला बन्नेछ । कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाले पुष ७ गतेदेखि यो मोड्युल पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । 

‘यो अभियानले नागरिक सेवा सुधार गर्दै प्रशासनिक झन्झट कम गर्ने, पहुँच र पारदर्शिता बढाउने छ ।’ – अध्यक्ष श्रेष्ठले भने ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई तालिमले वडा तहका कर्मचारीहरूलाई अनलाइन प्रणाली सञ्चालन गर्न आवश्यक सीप प्रदान गरेको बताए । ‘जसले सेवा प्रवाहलाई सहज बनाउनेछ र हजारौं नागरिकलाई लाभान्वित गर्ने छ ।’ अंगाईले थपे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button