• सुशिल बि क ( प्रशिक्षार्थी पत्रकार ) प्रहार समाचार । तनहुँ, २ पुस २०८१ मङ्गलवार । तनहुँको व्यास नगरपालिका वडा नं. १४, छाब्दी निवासी अविनाश पन्थले आर्थिक अवस्था कमजोर दुई विद्यालयका छात्र छात्राहरुलाई जाडोको न्यानो कपडा स्विटर र टोपी वितरण गरेका छन्।

उनले सोहि वडाको छाब्दी आधारभूत विद्यालयमा ११ थान स्विटर र ९ थान टोपी विद्यार्थीहरुलाई वितरण गरेको विद्यालयका प्रधानाध्यापक गणेश बि. क.ले जानकारी दिए ।
यसैगरि पन्थले व्यास १४ कै मत्स्यकन्या आधारभूत विद्यालयमा २४ थान स्विटरहरु वितरण गरेका विद्यालयका प्रधानाध्यापक सुनिता देवकोटाले जानकारी दिइन् । अविनाश पन्थको अभिनाशलाई दिबश पन्थले साथ दिएका छन्।

पन्थ कक्षा १२ पढ्दै गरेका युवा हुन् । उनले पछिल्लो समय अभियान मार्फत बिपन्न र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग गर्दै आएका छन्। पन्थ भन्छन्-‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका भाई बहिनिहरुलाई न्यानो बनाउन पाउँदा खुशी लागेको छ, यो क्रम चलि नै रहन्छ ।’























