हेडलाईनव्याससमाचारगण्डकीनगरपालिका /गाउँपालिका

रूम टु रिड र सुर्योदय क्लबको समिक्षात्मक कार्यक्रम दमौलीमा सम्पन्न

प्रहार समाचार । तनहुँ, २ पुस २०८१ मङ्गलवार । तनहुँको सदरमुकाम दमौलीमा रूम टु रिड र सुर्योदय क्लबद्धारा संञ्चालित’ ‘बालिका शिक्षा कार्यक्रम’ जिल्ला परियोजना सल्लाहकार समिति तथा सरोकारवालाहरुसंग समिक्षात्मक कार्यक्रम आज दमौलीमा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख बासुदेव थापाले बालबालिका वर्तमानका साझेदार र भविश्यका कर्णधार भएकाले बालिकाहरुलाई कसरी शिक्षा सङ्गै सुरक्षित वातावरण सृजना गर्ने तर्क लाग्नु पर्ने बताए ।


कार्यक्रममा रुम टु रिडका बालिका शिक्षा कार्यक्रम अधिकृत नित्यानन्द पाण्डेले विश्वमा रहेको लैङ्गिक असमनतालाई कम गर्दै सबै बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्नका लागि सहयोग गर्ने उद्देश्यले रूम टु रिडले काम गर्दै आएको बताए ।


सुर्योदय क्लबका बालिका शिक्षा अधिकृतहरु रेश्मलाल श्रेष्ठले सबै बालिकाहरुलाई कम्तिमा १२ कक्षा उर्तृण गराउने तथा जिवनमा आइपर्ने हरेक समस्याहरुलाई सकारात्मक तरिकाले समाधान गर्नकालागि आवश्यक जिवन उपयोगि सिप विकास गर्ने उद्देश्यले बालिका शिक्षा कार्यक्रम सञ्चालनमा रहेको चर्चा गरे ।

कार्यक्रममा सामुदायिक विद्यालय महासंघ तनहुँका अध्यक्ष विष्णु भक्त  सिम्देल , नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल( आर सी ) , भानु नगरपालिका शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेल, जिल्ला समन्वय अधिकारी प्रकाश पौडेल, व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार आचार्य , निर्मल माध्यमिक विद्यालयका शिक्षक निर्मला नराल, सत्यवाति मा. वि. का छात्राहरु भरोसा बानियाँ, आयूषा दुलाल लगायतले सबै समूहका किशोर /किशोरीहरुलाई समेत यो शिक्षा प्रदान गरेर दायरा फराकीलो पर्नु पर्ने बताएका थिए ।

सूर्याेदय क्लबका कार्यक्रम प्रबन्धक प्रदिप रानाले बालिका शिक्षा कार्यक्रम लागू भएपछि बालिकाहरुमा आएको  सकारात्मक साेंच, आत्म विश्वास , नेतृत्वदायी भूमिका लगाएतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

रुम टु रिडकाे आर्थिक तथा प्राविधिक सहयाेग र सू्र्याेदय क्लवकाे आयाेजनामा तनहुँका पाँच  नगरपालिकाहरु व्यास, भानु, शुक्लागण्डकी, भिमाद  र तीन गाउँपालिकाहरु बन्दीपुर , म्याग्दे र ऋषिङका  २० विद्यालयमा बालिका शिक्षा कार्यक्रम संचालीत छ।

सन २०१८ बाट शुरु भएकाे बालिका शिक्षा कार्यक्रममा  कक्षा ६ देखि १२ सम्मका किशोरी उमेर समूहका बालिकाहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गरिएकाे फिल्ड कार्यक्रम ब्यवस्थापक दिनेश पाेख्रेलले जानकारी दिए । कार्यक्रमको सहजिकरण कार्यक्रम अधिकृत   लक्ष्मी नेपालले गरेकी थिइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button