प्रहार समाचार । तनहुँ, २ पुस २०८१ मङ्गलवार । तनहुँकाे भानु नगरपालिकामा हुने प्रथम भानु नगर महोत्सवको तयारी ७५ प्रतिशत पूरा भएको छ।

भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल समारोह समिति संयोजक कृष्णकुमार श्रेष्ले महोत्सवको तयारी ७५ प्रतिशत पूरा भएको बताए । ‘स्टल बनाउने काम धमाधम भइरहेको छ ।’ उनले भने ।

भानु नगर उद्योग वाणिज्य संघको आयोजना, भानु नगरपालिकाको प्रबर्धनमा र भानु नगगरका १३ वटै वडाको सहयोगमा भानु नगरपालिका–१ भन्सारमा यहि पौष ९ गते देखि १९ गते सम्म महोत्सव हुने भएको हो।

पर्यटन,कृषि घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रबद्र्धनमा टेवा पुयाउने उद्वेश्यले महोत्सवको आयोजना गरिएको हो ।
संयोजक श्रेष्ठका अनुसार १ लाख बढी पर्यटकको आवागमन हुनुका साथै ६४ लाखको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ । महोत्सव सफल बनाउनका लागि मूल समारोह समितिसहित ३९ वटा कार्यगत समिति गठन गरिएको आयोजक समितिका महासचिव कृष्णचन्द्र कोइरालाले जानकारी दिए ।
महोत्सवबाट बचत भएको रकमले भानु नगर उद्योग वाणिज्य संघको निर्माणधीन भवन निर्माण कार्यमा खर्चिने छ । महोत्सवमा औद्योगिक प्रदर्शनी तथा खरीद बिक्री,सुन्तला,मास,एवं अदुवा,ताजा तरकारी बिक्री तथा प्रदर्शनी एवं खाना महोत्सव,रमाइलो मेला,चर्चित कलाकार बीचको दोहोरी गीत प्रतियोगिता,आदिवासी जनजातिय भेषभूषा,झाँकी तथा संस्कृति भल्किने कार्यक्रम रहने प्रथम उपाध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।

साँस्कृतिक नृत्य प्रतियोगिता,घरेलु तथा हस्तकलाका सामाग्री प्रदर्शनी एवं बिक्री गरिनुका साथै राष्ट्रियख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवका प्रवक्ता लालकुमार श्रेष्ठले बताए । महोत्सवमा विभिन्न खानाका स्टल,कृषि उत्पादनका बिक्री,विभिन्न अटो कम्पनीका शोरुम,सूचना केन्द्र,प्राथामिक उपचार केन्द्र,विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी एवं बिक्री कक्ष लगायतका एक सय २० वटा स्टल रहने छन् ।
यस्ता मेला महोत्सवले स्थानीयस्तरमा उत्पादित कृषि उपज र स्थानीय कलाकारको कला संरक्षणमा सहयोग पुग्नुका साथै आर्थिक कारोवारमा चहलपहल हुने भानुका नगरप्रमुख आनन्द त्रिपाठीले बताए ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई भाषिक एवं साहित्यिक रुपमा विकास गर्न यस्ता मेला र महोत्सवले थप टेवा पुऱ्याउने विश्वास व्यक्त गरे ।























