प्रहार समाचार । तनहुँ, २ पुस २०८१ मङ्गलवार । तनहुँमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएकाे छ । रुम टु रिडकाे आर्थिक तथा प्राविधिक सहयाेग र सू्र्याेदय क्लवकाे आयाेजनामा तनहुँका २० विद्यालयमा बालिका शिक्षा कार्यक्रम संचालनमा छ । कार्यक्रमकाे प्रभावकारीता बारेमा अनुगमन गर्न हिंजो जिल्ला स्तरीय संयुक्त टाेली भिमादमा रहेकाे जनज्योति माविमा पुगेकाे थियो ।

अनुगमनका क्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका उप-प्रमुख बासुदेव थापाले जीवन उपयोगी शिक्षा अहिलेको आवश्यकता रहेको चर्चा गर्दै व्यवहारीक शिक्षा वर्तमानको आवश्यकता रहेको बताए ।

भिमाद नगर पालिकाका नगर प्रमुख दधिराज सुवेदीले बालिकाहरुमा जीवन उपयाेगी सीपकाे बिकास नभए सम्म शिक्षामा परिवर्तन आउन नसक्ने बताउँदै बिद्यार्थीकाे शैक्षिक गुणस्तरका लागि नगरपालिकाले लगानी गर्न तयार रहेकाे बताए ।

कार्यक्रममा जनज्योति मा वि भिमादका प्रधानाध्यापक गणेश सुवेदी , रूम दु रिड वालिका शिक्षा कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे , फिल्ड कार्यक्रम ब्यवस्थापक दिनेश पाेख्रेल, सुर्याेदय क्लबका कार्यक्रम अधिकृत रेशम श्रेष्ठ, कार्यक्रम अधिकृत लक्ष्मी नेपाल, कार्यक्रम अधिकृत कलावती बिमली , भिमाद नपाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन, शिक्षा शाखा प्रमुख उप-सचिव सन्दिप पाैडेल, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी लगाएतले रुम टु रिड र सुर्याेदय क्लबले बालिकाहरमा जीवन उपयोगी सीपका बारेमा प्रभावकारी कार्य गरेको बताएका थिए ।

सन २०१८ बाट शुरु भएकाे बालिका शिक्षा कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका किशोरी उमेर समूहका बालिकाहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको छ। जिवन उपयोगि सिप सत्रको सहजिकरण वरिष्ठ सामाजिक परिचालक सुनिता देवि श्रेष्ठले गरेकी थिइन् ।

























