• सुशिल बि क (प्रशिक्षार्थी पत्रकार ) प्रहार समाचार । तनहुँ, २ पुस २०८१ मङ्गलवार । नेकपा एमाले जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज भानु नगरपालिका वडा नम्बर ११, वडा कमिटी तनहुँको दोस्रो अधिवेशन हिंजो सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै मुक्ति समाज केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज मोहन बिश्वकर्माले उद्घाटन गर्दै कमिटीले शोषित, उत्पिडित तथा अन्यायमा परेका आम भुई मान्छेहरुको हक र हितमा काम गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा मुक्ति समाज केन्दीय सदस्य एवं पार्टी जिल्ला उपसचिव सुनिता नेपाली, मुक्ति समाज भानु नगर कमिटीका अध्यक्ष सोम लम्साल, उपाध्यक्ष गौतम बि क, वडा सदस्यहरु रामप्रसाद अधिकारी, सरस्वती बि क लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनले भीम बहादुर बि क को अध्यक्षतामा ९ सदस्यीय नेपाल उत्पीडित जातीय मुक्ति समाज भानु नगरपालिका वडा नम्बर ११ को वडा कमिटी सर्वसम्मत गठन भएको छ। कमिटीको उपाध्यक्षमा नानी परियार, सचिवमा मन बहादुर बि क, कोषाध्यक्ष कृष्ण नेपाली रहेका छन्। सदस्यहरुमा बाबुराम परियार, राजु नेपाली, अप्सरा बि क, अति बिक र धन बहादुर नेपाली रहेका छन् ।

कार्यक्रममा उपाध्यक्ष नानी परियारले स्वागत र मनबहादुर बिकले सहजिकरण गरेका थिए ।
तस्बिरहरु : भरत लाम्गादे
























