• सुशिल वि क (प्रशिक्षार्थी पत्रकार ) प्रहार समाचार । तनहुँ, १ पुस २०८१ सोमवार । नेकपा एमाले जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दे गाउँपालिका तनहुँको दोस्रो अधिवेशन सम्पन्न भएको छ। तस्बिरहरु : भरत लाम्गादे

कार्यक्रमका प्रमुख अतिथि पार्टी प्रदेश कमिटी सदस्य एवं म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्दै समाजले अन्यायमा परेका शोषित, पीडित जनताको मुक्तिका लागि काम गर्नु पर्ने बताए । कार्यक्रममा समाज केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज मोहन बिश्वकर्मा, केन्दीय सदस्य एवं पार्टी जिल्ला उपसचिव सुनिता नेपाली, मुक्ति समाजका जिल्ला अध्यक्ष तथा पार्टी जिल्ला कमिटी सदस्य भरत लामगादे , पार्टी म्याग्दे गाउँ कमिटी अध्यक्ष द्वारीका नाथ घिमिरे, मुक्ति समाज प्रदेश कमिटी सदस्य एवं शुक्लागण्डकी नगर कमिटी सदस्य रिता नेपालीले आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

मुक्ति समाज म्याग्दे गाउँपालिका उपाध्यक्ष खोप बहादुर वि कले स्वागत गरेको कार्यक्रमको सहजिकरण मुक्ति समाज जिल्ला कमिटी उपाध्यक्ष एवं वडा नं ७ का वडा सदस्य फुल माया नेपालीले गरेकी थिइन् । अधिवेशनले ध्रुव बहादुर नेपालीको अध्यक्षतामा २० सदस्सिय उत्पीडित जातीय मुक्ति समाज म्याग्दे गाउँपालिका कमिटी गठन गरिएको छ ।
कमिटिको उपाध्यक्षद्धयमा खोप बहादुर नेपाली र कृष्ण बहादुर सार्की रहेका छन्। समितिको सचिवमा उमा कोइराला,सहसचिव द्धयमा-केशरी सुनार र सरिता बोहरा, कोषध्यक्षमा नर माया परियार रहेका छन्।

कमिटिको सदस्यहरुमा देउ माया वि क, सन्ध्या दर्जी, कृष्ण वि क, शेर बहादुर गैहे, राम माया परियार , कमल वि क, नारायण सुनार, कल्पना परिचार, रितु वि क, रोहिणी वैध, सुनिता नेपाली, सरस्वती नेपाली र दुर्मती नेपाली रहेका छन्। १ सदस्य थप गर्न बाँकी रहेको बताइएको छ। कार्यक्रम कमिटीका अध्यक्ष धुर्व नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

























