विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । १ पुस २०८१ सोमवार । कम्प्युटर एशोसियसन महासंघ (क्यान) गण्डकी प्रदेशको अध्यक्षमा गुणनिधी पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।

कम्प्युटर एशोसियसन महासंघ(क्यान) गण्डकी प्रदेशको ८ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन बाट पाण्डेको अध्यक्षतामा सात सदस्यीय कार्य समिति सर्व-सम्मत चयन भएको छ । जसको उपाध्यक्षमा बामदेव रिजाल, सचिवमा कृष्ण बस्याल,सह-सचिवमा रुक्मांगत भण्डारी र कोषाध्यक्षमा गङ्गाराम पौडेल सर्व-सम्मत निर्वाचित भएका छन ।

त्यसैगरी सदस्यहरुमा कृष्ण भुसाल र नारायण पौडेल निर्वाचित भएका छन । कम्प्युटर एशोसियसन महासंघ(क्यान)नेपाल गण्डकी प्रदेशका अध्यक्ष केशव राज भट्टराईको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथी क्यान नेपालका केन्द्रिय सचिव ठाकुर कुमार श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा क्यान नेपालका केन्द्रिय सचिव तुलसीराम पान्डे,पुर्व् सचिव तथा क्यान कास्कीका सस्थापन अध्यक्ष जगन बहादुर गुरुङ,लायन्स क्लबका गभर्नर तथा क्यान कास्कीका पुर्व अध्यक्ष चण्डी अर्याल लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण गण्डकी प्रदेशका सचिव खडक बहादुर गुरुङले गरेका थिए ।




















