• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, ३० मंसिर २०१ आइतवार । लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका वडा नम्बर-९,फुलवारी स्थित बाटोमा शनिबार राति ७ बजे बेहोस अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी झण्डै ४० बर्षका ठेगाना नखुलेका सन्तोष राईको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले युवकलाई बेहोस अवस्थामा देखेपछि उपचारका लागी सुन्दरबजार अस्पताल लगेका थिए ।
अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रहरी सहायक हवलदार सुजन कार्कीको साथमा सुन्दरबजार नगरपालिकाको सहयोगमा सरकारी अस्पताल भरतपुर चितवन पठाइएको थियो । उनको उपचारका क्रममा ३० गते आइतबार बिहान ७ बजे तिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने युवक स्थानीय स्तरमा काम गर्दै हिड्ने ब्यक्ति भएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























