सुशिल विक (प्रशिक्षार्थी पत्रकार ) । तनहुँ, ३० मंसिर २०८१ आइतवार । रोट्रयाक्ट क्लव अफ दमौलीले बन्दिपुर -३ मा स्थित तामुङमा रहेको तामुङ आधारभूत विधालयमा अध्यन गर्ने विधार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्रीहरु वितरण गरेको छ।

उक्त संस्थाले विद्यालयका १४ जना विद्यार्थीहरूलाई झोला, कपी ,कलम लगायतका शैक्षिक सामाग्रीहु वितरण गरेको विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद पोख्रेलले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित बहादुर थापाको प्रमुख अथित्यतामा समन्न उक्त कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य हर्कबहादुर थापा लगायतले सानो सहयोगले विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा ठूलो राहत मिल्ने भन्दै क्लब परिवालाई धन्यवाद दिएका थिए ।

क्लबका अध्यक्ष रवि अधिकारीको सभापतिमा सम्पान्त उक्त कार्यक्रमको सहजीकरण सचिव सबिन लामिछानेले गरेका थिए ।


























