हेडलाईनसमाचारगण्डकीखेलकुद

लमजुङको प्रतिष्ठित १७ औं युनाइटेड कप फुटवल प्रतियोगिता २०८१ को उपाधी मर्श्याङदी वडा नम्बर ३,खुदी युथ खुदीको पोल्टामा 

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, ३० मंसिर २०८१ आइतवार । १७ औं युनाइटेड कप वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधी मर्श्याङदी वडा नम्बर ३,खुदी युथ खुदीको पोल्टामा परेको छ ।

लमजुङको मर्श्याङदी गाउँपालिका वडा नम्बर -२,घनपोखरा स्थित केकेम खेलमैदानमा तमुहरुको महान पर्व तमु ल्होछार २०८१ को पावन  अवसरमा उक्त प्रतियोगिता भएको थियो ।

हिंजो भएको मर्स्याङदी गा.पा.वडा नं ३,का दुई टिम मनासलु क्लब ढगै र खुदी युथ खुदी  बीच  भएको फाइनल खेलमा १ गोलको विरुद्ध २ गोल गर्दै खुदी युथ खुदीले १७ औं युनाइटेड कप फुटबल प्रतियोगिताको उपाधी हात पार्न सफल भएको हो । शुक्रबार भएको सेमिफाइनल खेल बाट मर्श्याङदी गाउँपालिका वडा नम्बर-३,का दुबै टिम फाइनल प्रवेश गरेका थिए ।   

 
सेमिफाइनल खेलमा मर्श्याङदी गाउँ पालिका वडा नम्बर – ४,लाई हराउँदै मर्श्याङदी वडा नम्बर ३,मनासलु युवा क्लब ढगै र मर्श्याङदी गाउँ पालिका वडा नम्बर ५ -घेर्मुलाई हराउँदै मर्श्याङदी गाउँ पालिका वडा नम्बर -३,खुदी युथ खुदी  फाइनल प्रवेश गरेका थिए ।


गाउँपालिका भित्रका खेलाडीहरुको पहिचान गर्न,गाउँपालिका भित्रका युवाहरु विच मैन्त्री पुर्ण सम्बन्ध कायम गराउन,खेलाडीहरुको मनोबल बढाउन र खेल पर्यटनको विकास गर्ने उद्देश्यका साथ वडा स्तरिय फुटबल प्रतियोगिता सुरु भएको क्लबका सचिव पुस्पराज गुरुङले बताए ।


प्रतियोगितामा बिजेता खुदी युथ खुदीले प्रथम पुरस्कार नगद १ लाख,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान हात पारेको छ भने प्रतियोगिताको उपबिजेता  मनासलु युवा क्लब ढगैले द्दित्तिय पुरस्कार नगद ६० हजार,ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको छ ।

त्यसैगरी प्रतियोगिताको सेमिफाइनलमा पराजित वडा नम्बर-४ र वडा नम्बर-५,घेर्मु दुई टिमलाई १५,१५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष भक्त बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार-अनुशासीत टिमको उपाधी वडा नम्बर-७,को जुनतारा युवा क्लब ताराचोकलाई नगद १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।


त्यस्तै सर्वाधिक गोल कर्ताको उपाधी  वडा नम्बर-४,का खेलाडी सन्तोष गुरुङले र सर्वोत्कृष्ट खेलाडीको उपाधी  मनासलु युवा क्लब ढगैका खेलाडी सुरज गुरुङले नगद ५ ,५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन् ।


“स्वास्थ्य,अनुशासन,गतिशीलता,स्थानीय खेलाडीलाई प्रोत्साहन र प्राथमिकता” भन्ने मुल नाराका साथ मंसिर २४ गते बाट शुरु भएको खेलमा विजयी खेलाडी तथा टिमलाई समापन कार्यक्रमका सभापति युनाइटेड विच क्लबका अध्यक्ष भक्त बाहादुर गुरुङ र प्रमुख अतिथि राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्व सैनिक संघका केन्द्रिय अध्यक्ष कविन्द्र जंग गुरुङले संयुक्त रूपमा  पुरस्कार वितरण गरेका थिए भने  कार्यक्रमको सञ्चालन सन्तोष गुरुङले गरेका थिए । प्रतियोगितामा गाउँपालिका भित्रका १४ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको मुख्या प्रायोजकमा माथिल्लो खुदी जलविद्युत आयोजना, सह प्रायोजकमा
माथिल्लो खुदी जलविद्युत आयोजना सहयोग समन्वय तथा सरोकार समिति र खुदी जलविद्युत आयोजना रहेका थिए । प्रतियोगिताको प्रायोजकहरुमा मर्स्याङ्दी गाउँपालिका , मर्स्याङ्दी गाउँपालिका वडा नम्बर २, खेलकुद विकास समिति मर्स्याङ्दी गाउँपालिका वडा नम्बर २, युवा सङ्घर्ष समिति , वैभव एडमिन जी भी , संरक्षण व्यवस्थापन समिति घनपोखरा रहेका क्लबले जनाएको छ।


मेला एवं  सत्रौँ संस्करणलाई भव्य सभ्य सफल पार्नको लागि सहयोग गर्नुहुनेहरु प्रति क्लबले आभार प्रकट गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button