हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज उधौली पर्व : किरात समुदायहरुले हर्षोल्लासका साथ मनाउँदै

प्रहार समाचार । तनहुँ, ३० मंसिर २०८१ आइतवार । आज उधौली पर्व किरात समुदायहरुले हर्षोल्लासका साथ मनाउँदै छन् । हरेक वर्ष मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आफ्ना  पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउने गर्दछन्।

उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन्। किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन्। बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ। 

ललितपुरको सानो हात्तीवनमा आज पूजाआजा सहित यो चाड  चाड विशेष रूपमा मनाइन्छ। पूजापछि आआफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ। वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्।  जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ। यसै पर्वको अवसरमा आज सार्वजनिक बिदा रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button