प्रहार समाचार । तनहुँ , २९ मंसिर २०८१ शनिवार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले देशमा रहेका तहगत अस्पतालहरुकै पूर्नरावलोकन गर्नु पर्ने बताउँदै विरामीहरुको उपचार गर्नु सरकारको कर्तव्य रहेको बताएका छन्।

तनहुँको म्याग्दे गाउँपालिका वडा नं ४ मा बनेको नव निर्मित १० शैयाको थर्पु आधारभूत अस्पतालको आज उद्घाटन गर्दै मन्त्री पौडेलले बिरामी नभएका नागरिकहरुलाई बिरामी हुन नदिन पनि स्वास्थ्य मन्त्रालयले कदम चाल्ने बताए । ‘अब निरोधात्मक अस्पतालको विकास गराउने तर्क पनि काम हुन्छ । ‘ – मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले तनहुँको दमौली अस्पताललाई ५० शैयाको बनाउन मन्त्री परिषद्बाट जग्गाको बारेमा छिट्टै निर्णय गर्ने र थर्पु अस्पललमा आधारभूत सेवा प्रदान गर्न उपकरण र जनशक्ति समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले अस्पतालको प्रशुति वडलाई व्यवस्थित बनाउन चाहिने थप उपकरण समेत मन्त्रालयले छिट्टै उपलब्ध गराउने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, पूर्व सांसद टुकराज सिग्देल, गण्डकी प्रदेश सभा सदस्य श्यामराज महत, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले ,गण्डकी प्रदेशका पूर्व मन्त्री डोबाटे वि क , शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा , पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, म्याम्दे गाउँपालिकाका पूर्व अध्यक्ष मायाँ राना , पालिकाका प्रवक्ता मणिभद्र वाम्ले लगायतले नव निर्मित अस्पलमा उपकारण थप गर्न तथा राजमार्गमा हुने दुर्घटनाका घाइतेको जीवन रक्षाको लागि ट्रमा सेन्टर बनाउनको लागि मन्त्री पौडेल समक्ष माग सुझाव राखेका थिए । कार्यक्रमको सहजिकरण पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायतले गरेका थिए।

अस्पताल ७ करोड ५३ लाख ६५ हजार ४ सय २३ रुपैयाको लागत निर्माण सम्पन्न भएको थियो । त्यस अवसरमा मन्त्री पौडेलले पालिकाले बनाएको पालिकाको गित सार्वजनिक गरेका थिए ।

त्यस अवसरमा अस्पताल निर्मणका लागि स्थानिय देवनारायण कायस्थले २०१५ सालमा तात्कालिन थर्पु आधारभूत अस्पताललाई न्यूनतम १ हजारमा जग्गा उपलब्ध गराएकोमा सम्मान गरिएको थियो भने पालिकाको गितका रचनाकार द्वय चन्द्रमणी अधिकारी र हुतमणि अधिकारीलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रम पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

























